Comments Add Comment

अनियन्त्रित माइक्रोबस पुलमा ठोक्किँदा १४ यात्रु घाइते

२६ साउन , काठमाडौं । पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् ।

आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै