Comments Add Comment

Advertisment

SKIP THIS

“प्रहरी उपरीक्षक संजिव शर्मा दासबाट ट्राफिक नियन्त्रण तालिम उद्‍घाटन”

४ साउन , काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४४औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आज मंगलबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले उक्त तालिमको उद्‍घाटन गरेका हुन् ।

उक्त अवसरमा प्रहरी उपरीक्षक संजिव शर्मा दासले फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व बिकासमा समेत सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो । ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानविय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरि सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रशिक्षार्थीहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्नुहुँदै तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान ४३ जना (१ जना महिला सहित) कुल ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए । उक्त तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै