Comments Add Comment

Advertisment

SKIP THIS

प्रिन्सिपलको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुवँरको कुटाइबाट गम्भीर बनेका हुन् ।

घाइते विकको शरिरमा चोट नभए पनि टाउको र शरिरका विभिन्न अंगहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिगंगटा लागेर उठ्न नक्ने भएको विककी आमा मन्सरा विकले जानकारी दिइन् ।

विकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात पोखरा लगिएको उनको आमाको भनाई छ । छोराले हिजो रातिदेखि वान्ता गरेको र खाना समेत नखाएको भन्दै शिक्षकलाई कडा कारवाही हुनु पर्ने बताइन् । प्रिन्सिपल कुँवरले पाइपले आफ्नो छोरालाई निर्घात कुटपिट गरेको उनकाे दाबी छ ।

‘दीपक सरले मेरो छोरालाई निर्घात कुटपिट गर्नु भएको छ, अहिले मैले पोखरा लैजाँदैछु, सरले पाइपले टाउकोमा, शरिरमा कुट्नु भएकको रैछ, शरिर भरिनै डामैडाम छ, टाउको छुनै दिँदैन, रगत जमेजस्तो भएको छ,’ विकले भनिन् ‘राति वान्ता पनि गरेको थियो, खाना पनि खाएन, उठ्नै सक्दैन, चक्कर लाग्छ भन्छ, पढाउन पठाएको छोरालाई सरलेनै कुटेर यस्तो बनाउँनुभयो, मेरो छोराले न्याय पाउनु पर्छ ।’

विद्यालयका प्रिन्सिपल दीपक कुँवरले आफूले त्यसरी कुटपिट नगरेको जिकिर गरे । शिक्षकले पढाउँदै गर्दा स्यानीटाइजरको बोत्तल पङ्खामा फालेको र उछिट्टिएर पढाउँदै गरेका शिक्षक करण कुवँरलाई लागेर निधारमा चोट लागेपछि सामान्य सम्झाई बुझाई गरेको प्रिन्सिपल कुवँर बताउँछन् । उनले बुर्तिबाङको एक मेडिकलमा सामान्य जाँच गर्दा बच्चाको अवस्था ठिक रहेको भन्दै सिटीस्क्यानका लागि पोखरा पठाएको बताए ।

‘मैले बच्चालाई त्यसरी घाइते हुने गरेर कुटेको होइन, हिँजो कक्षामा करण सरले पढाउँदै गर्दा फ्यानमा स्यानीटाइजरको बोत्तल फालेछन् बाबुले, त्यो बोत्त उछिट्टिएर सरको निधारमा लागेर चोट लागेको छ, मैले किन यस्तो गरेको भनेर सामान्य रुपमा सम्झाएको मात्रै हुँ’ प्रिन्सिपल कुवँरले भने ‘बाबुलाई केही भएको छैन, हिँजो पनि मेडिकलमा लगेर चेक गराएको हो, आज सिटिस्क्यान गर्ने भनेर पोखरा पठाएका छौँ, त्यस्तो समस्या छैन बाबुलाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै