काठमाडौंका मेडिकलमा लागूऔषध ब्यूरोको छापा, संचालकसहित तीन जनालाई पक्राउ -
Comments Add Comment

काठमाडौंका मेडिकलमा लागूऔषध ब्यूरोको छापा, संचालकसहित तीन जनालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका दुई वटा मेडिकल पसलमा छापा मारेको छ ।

कागेश्वरी–८ स्थित गोगो फार्मेसी र भक्तपुरको मध्यपुर ठिमी–९ स्थित वोडेमा रहेको टिसा फार्मेसीमा ब्यूरोले औषधी व्यवस्था विभागसँग मिलेर छापा मारेको हो।

 

ब्यूरोले फार्मेसीका संचालक निरस कुमार महत्तो र राजु सिपाईसहित उक्त फार्मेसीमा कार्यरत सतेन्द्र यादवलाई पक्राउ गरेको छ ।

ती दुई औषधी पसलले लागूऔषध दुर्व्यसनी र कारोबारीलाई नियन्त्रित लागूऔषध बिक्री वितरण गरेको आरोप छ ।

मेडिकलका सञ्चालक र औषधिसहित कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै