Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्र लमजुङको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु

२० भाद्र ,काठमाडौ । नेकपा माओवादी केन्द्र लमजुङले गाउँ गाउँमै पुगेर जनतासंग माओवादी विशेष रुपान्तरण अभियान चलाउने भएको छ ।

प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान लिएर गाउँ पसेको छ । तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान अन्तर्गत लमजुङमा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज आशा कोइरालाको नेतृत्वमा पार्टी अभियान सञ्चालन हुनेछ ।

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहित सञ्चालन हुन लागेको अभियानका लागि लमजुङको ८ वटै पालिकामा नेताहरु खटिएका छन् । बेंसीशहरमा जिल्ला पार्टी कार्यालयले नै हेर्ने गरी पार्टी सचिव सुनिल सुनार अटल र गण्डकी प्रदेश समिति सदस्य शोभा थापालाई जिम्मेवारी दिइएको छ ।

सुन्दरबजार नगरपालिकामा पार्टी स्थायी कमिटी सदस्य यशोदा सुवेदीलाई इन्चार्जको जिम्मा दिइएको छ । अन्य सदस्यमा प्रदेश कमिटी सदस्य चन्द्रकान्त न्यौपाने र निराजन कुँवरलाई खटाइएको छ । मध्यनेपाल नगरपालिकामा अभियान सञ्चालन गर्न केन्द्रीय सदस्य लेखबहादुर थापालाई इन्चार्ज साथै प्रदेश कमिटी सदस्यद्धय सन्तोषी गौली र यशोदा न्यौपाने पौडेललाई जिम्मेवारी दिइएको छ ।

राइनास नगरपालिकामा पार्टी केन्द्रीय सदस्य गीता शाहीलाई इन्चार्ज र जिल्ला संयोजक रामचन्द्र पौडेललाई अभियान सञ्चालनको जिम्मा दिइएको छ । दूधपोखरी गाउँपालिकामा केन्द्रीय विभाग सदस्य गेहेन्द्रराज अधिकारीलाई इन्चार्ज साथै प्रदेश कमिटी सदस्यहरु जुना विक र इन्दिरा प्रोख्रेललाई अभियान सञ्चालनको जिम्मा दिइएको छ ।

दोर्दी गाउँपालिकामा अभियान सञ्चालनको लागि पार्टी प्रदेश सचिव जगननाथ खनाल ९दिनेश० लाई इन्चार्ज साथै प्रदेश कमिटी सदस्यहरु अजय तामाङ र नन्दबहादुर कुमाललाई जिम्मा दिइएको छ । मस्र्याङ्दी गाउँपालिकामा पार्टी जिल्ला कार्यालयले नै हेर्ने गरी हरिजंग तामाङलाई अभियानको जिम्मा दिइएको छ । यस्तै, क्वहोलासोथार गाउँपालिकामा पार्टी कार्यालयले नै हेर्ने गरी प्रदेश कमिटी सदस्य होमबहादुर विकलाई जिम्मेवारी तोकिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका सचिव सुनिल सुनार अटलका अनुसार असोज १५ गतेसम्म पहिलो चरणको कार्यक्रम अन्तर्गत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ । दोस्रो चरणमा कार्तिक १५ गतेसम्म ५ घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गरिनेछ ।

तेस्रो चरणको कार्यक्रम अन्तर्गत सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने, जनसंगठनका कामहरु हुने, जनसेवा सहितको जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा अभियन सञ्चालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै