Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रसहित तीन दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

४ श्रावन, काठमाडौ । नेकपा माओवादी केन्द्रसहित तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर सिंहदरबारमा सामुहिक छलफल गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजादी अध्यक्ष माधवकुमार नेपालले यस्तो निर्णय गरेका हुन् ।

निर्वतमान प्रधानमन्त्री प्रचण्डले असार २८ मा प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएका थिए । त्यसबेला माओवादी ९३२०, रास्वपा ९२१० र एकीकृत समाजवादी ९१०० ले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

प्रतिनिधिसभामा ६२ सिट भएका तीन प्रतिपक्ष दलले ओलीलाई विश्वासको मत नदिन एक ठाउँमा उभिएका छन् ।

ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बन्ने सहमति भएको बैठकमा सहभागि एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment