Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीद्वारा मापदण्ड पुरा नगर्ने स्कुल बसका १४ जना चालकहरुलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार बिहान गरिएको विशेष चेकिङका क्रममा १४ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङ्घन गर्ने १४ ओटा स्कुल बसका चालक कारबाहीमा परेका हुन् । स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस सञ्चालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिरहेको छ ।

योसँगै बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उलङ्घन गर्ने २८२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै