लमजुङका डीएसपी श्रीमलको गण्डकी प्रदेश प्रहरी कार्यालय सरुवा -
Comments Add Comment

Advertisment

SKIP THIS

लमजुङका डीएसपी श्रीमलको गण्डकी प्रदेश प्रहरी कार्यालय सरुवा

२० भाद्र ,काठमाडौ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलको सरुवा भएको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले उहाँलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, गम्भीर अपराध अनुसन्धान शाखा पोखरामा सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको निर्णयानुसार देशभर सरुवा गरिएका १ सय २० जना प्रहरी नायव उपरीक्षकको सरुवा गरेकोमा श्रीमलको पनि सरुवा भएको हो ।

उहाँ गतवर्षको साउन अन्तिम साता लमजुङ आउनुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय, गम्भीर अपराध अनुसन्धान शाखा पोखरामा रहनुभएका प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सरुवा भएपछि उहाँको ठाउँमा प्रहरी प्रधान कार्यालयले श्रीमललाई सरुवा गरेको हो ।

तत्कालीन प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीको सरुवा पछि राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनबाट प्रहरी नायव उपरीक्षक श्रीमल लमजुङ आउनुभएको थियो । उहाँले लमजुङमा प्रहरी प्रमुख भएर १३ महिना बसेको र प्रहरी प्रधान कार्यालयले सरुवा गरेको सूचि अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालयमा आफ्नो सरुवा भएको बताउनुभयो । प्रहरी नायव उपरीक्षक श्रीमलको सरुवा भएसंगै लमजुङको प्रहरी प्रमुखमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले आउने हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी प्रवक्ताको रुपमा रहनुभएका उहाँ लमजुङमा कार्यालय प्रमुख भएर आउन लाग्नुभएको हो ।

नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयानुसार नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १ सय २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment