Comments Add Comment

Advertisment

SKIP THIS

सेयर बजारमा २१ अंक माथिको गिरावट

१३ मंसिर काठमाडौ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा २१ अंक माथिको गिरावट आएको छ ।

मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन अर्थात् गत आइतबार ८० अंक माथिले घटेको बजारमा दोस्रो दिन पनि २१.५१ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घट्दै २६ सय २९.९७ विन्दुमा झरेको छ । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.९२ अंकले घट्दै ४९५.५३ विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर र म्युचुअल फन्ड दुई उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । साढे २१ अंकले घटेको बजारमा आज ४ अर्ब ८९ लाख रुपैयाँको कारोबार भएको छ । गत आइतबार ८०.२९ अंकले घटेको बजारमा ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट

आज पनि घट्यो सेयर बजार

दोहोरो अंक बढ्यो सेयर बजार