१६ जेठ , काठमाडौं । आज सेयर बजारमा दुई प्रतिशत माथिको गिरावट भएको छ ।
जेठ १५ मा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेका थिए । आइतबार बजेट आएसँगै सोमबार खुलेको बजारमा शुरुवातबाट नै गिरावट हुँदा २.०३ प्रतिशतको गिरावट भएर बन्द भएको छ । सोमबार नेप्से ४५.०२ अंकले गिरावट भएर २१७८.६९ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिराट भएको छ ।
यता नेप्सेमा २.०३ गिरावट भए पनि कारोबार भने १ अर्ब ३३ करोड ८९ लाख पुगेको छ । नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ४ करोड ९६ लाखको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४२ लाखको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्य घटेको छ भने ५ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आज कारोबार भएकोमध्ये मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा उपकार लघुवित्तको ८.२३ प्रतिशतले बढेको छ ।




