नेप्सेमा १७ अंकको गिरावट -
Comments Add Comment

नेप्सेमा १७ अंकको गिरावट

५ पुष काठमाडौ । सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो ।

लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो । 

त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप–सचूक ऋणात्मक भएका छन् । 

यस दिन कुल २३१ कम्पनीको ५४ करोड ३९ हजार कित्ता सेयर ३७ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment