Comments Add Comment

Advertisment

SKIP THIS

कर्णाली प्रदेशमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

२३ असोज , काठमाडौ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चार हजार ३५१ प्रहरी जनशक्ति खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए ।

“नागरिकको शान्ति, सुरक्षालाई ध्यानमा राखेर हामीले सुरक्षा कार्य योजनाअन्तर्गत दुर्घटना न्यूनीकरण तथा सहज आवागमनका लागि सडक अनुशासन, बैंक, वित्तीय सङ्घसंस्था तथा आर्थिक कारोवार हुने स्थानहरुमा सुरक्षा व्यवस्था गरेको छौँ”, प्रहरी नायब महानिरीक्षक ऐरले भने, “चाडपर्वमा खेलिने जुवातास, कौडा प्रवृत्तिको पूर्ण नियन्त्रण र चोरी तस्करी, लागुऔषधको ओसारपसार नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित जाँचको व्यवस्था गरिएको छ ।”

त्यस्तै, महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उहाँले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताउनुभयो । सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुलाई ठगिन नदिन, समान हराए खोजतलास गर्ने, पकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रण तथा चाडपर्वको अवधिमा हुन सक्ने झैझगडा तथा सम्भावित विवादको रोकथाम गर्ने योजना प्रहरीले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment