Comments Add Comment

Advertisment

SKIP THIS

दुखद खबर : सिन्धुलीमा आगोमा परेर ३ वर्षीय बालकको मृत्यु

१ असोज , काठमाडौ । सिन्धुलीको मरिण गाउँपालिकामा आगोमा परेर बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका–३ बरुण बस्ने दुधराज मुक्तानको ३ वर्षीय छोरा मनिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमबार बिहान भान्सामा झोलुंगोमा राखेर परिवारका सदस्य खेतमा गएका बेला उनि झोलुंगोबाट झरेर घिस्रिँदै चुलोमा पुगेका हुन् ।

शारीरिक रूपमा असक्त बालकको चुलोमा परेर मृत्यु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बालक मृत भेटिएको खबर पाएसँगै ईलाका प्रहरी कार्यालय कपिलाकोटको प्रहरी घटनास्थलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment