Comments Add Comment

Advertisment

SKIP THIS

सङ्खुवासभामा खोलाले बगाउँदा एक बालकको मृत्यु

२४ जेठ , काठमाडौ । सङ्खुवासभाको स्याक्सिलागोलामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको हो ।

उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययनरत थिए । लामा बुधबार दिउँसो साथीहरुसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment