Comments Add Comment

Advertisment

SKIP THIS

चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइते

२५ वैशाख , काठमाडौ । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको हो । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment