Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्रका २ एसपीसहित ९ जनालाई कारबाही, श्रेष्ठको ४ वर्ष बढुवा रोक्का !

२३ साउन , काठमाडौ । सशस्त्र प्रहरीका दुईजना एसपीसहित ९ जना कारबाहीमा परेका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै दुईजना एसपी, एक डीएसपी, दुई इन्सपेक्टर, एक सई, दुई असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको हो ।

सशस्त्र प्रहरीका अनुसार सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गरिएको हो ।

श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने र खत्रीलाई नसियत दिने निर्णय भएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै डीएसपी नारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेसहित ७ जनालाई पनि नसियत दिने निर्णय भएको छ ।

उनीहरुको पनि एक वर्ष बढुवा रोक्का हुने बताइएको छ । आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन समितिको निष्कर्ष थियो । बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र रहेको गोदाममा २०८० चैत २६ गते आगलागी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment