Comments Add Comment

Advertisment

SKIP THIS

सैन्य कारबाहीमा १३ सर्वसाधारणको मृत्यु

१९ मंसिर काठमाडौ । भारतको उत्तरपूर्वी राज्य नागाल्यान्डमा गए राति भएको सैन्य कारबाहीमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको विवरण प्राप्त भएको छ।

घटना म्यानमारसँगको सीमा नजिकै भएको हो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गस्ती गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयहरू कामबाट फर्किरहेका बेला मोन जिल्लामा भुलवश गोली चलाएको थियो ।

मृत शरीर थुपारिएको ट्रक फेला पारेसँगै क्रुद्ध बनेका स्थानीयहरूले सुरक्षा अधिकारीमाथि आक्रमण गरेका थिए । उनीहरूले सेनाको गाडी जलाइदिएको बताइएको छ । एक सेनाको समेत ज्यान गएको उक्त घटना प्रति भारतीय सेनाले गम्भीर दुख व्यक्त गरेको छ।

भारतका गृह मन्त्री अमित शाहले हत्याको खबरले आफू दुखी भएको बताउँदै राज्य सरकारले घटनाबारे छानबिन सुरु गरेको जनाएका छन् । नागाल्यान्डमा सुरक्षा निकायहरूले वर्षैदेखि पृथक्तावादी लडाकुहरूसँग युद्ध गरिरहेका छन्।

घटना पश्चात् भारत सरकारको तर्फबाट एक विज्ञप्ति जारी गरिएको छु । उग्रवादीहरूको सम्भावित गतिविधि बारे विश्वस्त गोप्य सूचना प्राप्त भएको थियो । त्यसैको आधारमा नागाल्यान्डको मोन जिल्लास्थित तिरु इलाकामा एउटा कारबाहीको योजना बनाइएको थियो ।

उक्त घटना प्रति गहिरो खेद छ। आम सर्वसाधारणहरूको दुर्भाग्यपूर्ण मृत्युको कारण बारे उच्चस्तरीय जाँच गरिराखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment