गौर हत्याकाण्डको छानबिन रोकिँदैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ -
Comments Add Comment

Advertisment

SKIP THIS

गौर हत्याकाण्डको छानबिन रोकिँदैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

१० भदौ ,काठमाडौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डको छानबिन नरोकिने बताएका छन् ।

आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताए ।

‘पीडित पक्षसँग सरकारले गरेको ५ बुँदे सहमतीमा उल्लेख भए अनुसार घटनाका बेलामा परेका जाहेरीसमेतको आधार बनाएर समग्र छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याएर सम्बन्धित निकायले यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउँछ,’ उनले भने ।

रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment