Comments Add Comment

Advertisment

SKIP THIS

पोखराबाट मोटरसाइकल चोरीको आरोपमा कास्की प्रहरीले चारजनालाई पक्राउ

पोखरा – कास्की प्रहरीले मोटरसाइकल चोरीको आरोपमा चारजनालाई पक्राउ गरेको छ।

धादिङ त्रिपुरासुन्दरी नगरपालिका– २ सल्यानटार घर भई पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने २१ वर्षीय राजकुमार परियार, सोही स्थान घर भई पोखरा– १३ काहुँडाँडा बस्ने २४ वर्षीय बिनोद परियार, गोरखा घर भई पोखरा– १३ मियापाटन बस्ने ३१ वर्षीय राजकुमार नेपाली र मियापाटन नै बस्ने २५ वर्षका अर्जुन नेपाली पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा– १६ दीपमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता श्रवणकुमार बिकले जानकारी दिए।

पक्राउपछि सोधपुछसँगै खानतलासी गर्दा उनीहरुले भिरेको झोलामा ल्यापटप १ थान, किबोर्ड १ थान, माउस १ थान, चार्जर १ थान, विभिन्न कम्पनीका मादकपदार्थका बोत्तल ११ थान, पहेँलो तथा निलो रंगका रेडबुल १५ थान, चुरोट ७ बट्टा, विभिन्न कम्पनीका मोवाईल ४ थान, फलामको छड १ थानसँगै उनीहरुले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाईकल बरामद गरेको बिकले जानकारी दिए।

पक्राउ परेका उनीहरुलाई चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै