२२ फागुन , काठमाडौ । तनहुँको दमौली बजारमा लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न दमकल र हेलिकोप्टर प्रयोग गरिएको थियो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार दमौली बजारको भोर्लेटार चोकस्थित भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा लागेको आगो निभाउन पोखरबाट चारवटा र लमजुङबाट एउटा दमकल ल्याइएको थियो ।
स्थानीय सेना, प्रहरी र वारुण यन्त्रले पनि निभाउन नसकिएपछि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर र दुई छिमेकी जिल्लाबाट दमकल ल्याइएको थियो । आगलागीबाट के कति क्षति भयो, विवरण आइसकेको छैन ।


