७ असोज , काठमाडौ । बारा प्रहरीले करिब एक करोड मुल्य बराबरको सामानसहितको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
बारा प्रहरीले वीरगञ्ज नाका हुँदै भित्रिएको सामानसहितको गाडी जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा नियन्त्रणमा लिएको हो ।
३ वटा ट्रकमा लोड गरिएको सामानको बिलबिजक नभएको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडौंर्फ जाँदै गरेको ना ६ ख ००८० नम्वरको ट्रकमा करिब २३ लाख १ हजार ८ सय २६ मुल्यको खुद्रा सामान रहेको प्रहरीको भनाई छ ।
त्यसैगरी ना ३ ख ७३११ नम्वरको ट्रकमा समेत २३ लाख २७ हजार १ सय ६० रुपैयाँ मूल्य बरावरको सामान रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ना ३ ख ४५६० नम्वरको ट्रकमा २५ लाख ९८ हजार ३ सय ४२ रुपैया बरावरको खुद्रा समान रहेका छ ।
तीनवटा गाडी वीरगञ्ज, पथलैया हुँदै अमलेखगञ्ज जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुरेशराज काफ्लेले बताए ।
चाडवाडलाई लक्षितगरी व्यापारीले खरिद गर्ने अधिकांश उपभोग्य सामान चोरी मार्ग भएर वीरगञ्ज भित्रिने गरेको छ ।
पर्साका विभिन्न नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भइरहेको सामान बारा र मकवानपुर प्रहरीले पक्राउ गर्ने गरेको छ ।
हेटौंडाबाट महोत्तरी तर्फ जाँदै गरेको बा २१ च ८९९७ न को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मुल्य बराबरको पाँच वटा गाई नियन्त्रणमा लिएको एसपी काफ्लेले बताए ।
त्यस्तै काठमाडौंबाट मलगंवातर्फ जाँदै गरेको प ३ ०१ ००६ नम्बरको बसमा १० वटा कार्टनुमा लोड गरिएको १८ लाख ४६ हजार ४ सय २० मुल्य बराबरको डिस्पोजल इलेक्ट्रोनिक सिग्रेट निजगढबाट प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







