२२ पुष, काठमाडौ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका छन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

भादार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने भारतको निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
३
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
२०८३ भाद्र १८ गते , बिहिबार
४
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला
२०८३ भाद्र १८ गते , बिहिबार
५
कोही चाडपर्वमा रमाइरहेका छन्, कोही बाढीमा परिवार खोज्दैछन्—पीडितको यो अवस्था देख्दा जोकोहीको मन रुन्छ
२०८३ भाद्र १३ गते , शनिबार
६
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
सम्बन्धित खवर
Advertisment




