विश्वकपमा आज तीन खेल हुँदै -
Comments Add Comment

विश्वकपमा आज तीन खेल हुँदै

५ मंसिर , काठमाडौँ । कतारमा हिजोदेखि सुरु भएको फिफा विश्वकप अन्तर्गत आज तीन खेलहरु हुनेछन् ।

साँझ पौने ७ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह बी मा रहेका इंग्ल्याण्ड र इरानबीच हुनेछ । यो खेल कतारको राष्ट्रिय रंगशाला खालिफा रंगशालामा हुनेछ ।

राती पौने १० बजेदेखि सुरु हुने दोस्रो खेल समूह ए मा रहेका अफ्रिकी च्याम्पियन सेनेगल र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल अल थुमाना रंगशालामा हुनेछ । राती पौने १ बजेदेखि सुरु हुने दिनको अन्तिम खेल समूह बी मा रहेका अमेरिका र वेल्सबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलले हराउँदै सुखद सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds