Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाट प्रबिन्धित लागुऔषसहित प्रहरीले २ जनालाई पक्राउ

झापा । झापामा प्रबिन्धित लागुऔषसहित २ जना पक्राउ परेका छन् । जिल्लाको मेचीपुलस्थित लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले लागुऔषसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ५ बस्ने २४ वर्षीय थामबहादुर विक र सोही ठाउँ बस्ने अर्जुन विक रहेका छन् । शनिबार भारतबाट नेपालतर्फ आइरहेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै