Comments Add Comment

जुवा खेल्ने ८ जना पक्राउ

१२ पुष काठमाडौ ।  मकवानपुरमा  जुवा खेल्ने ८ जना मानिसहरुलाई नियन्त्रणमा लिइएको हो ।

मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं. ९ बैरुङ्दमार स्थित खुल्ला चौरमा कौडा खेलीरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोली र मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलिले हारजित हुने गरी कौडा खेलिरहेको अबस्थामा कौडा १६ थान, नगद सत्सठ्ठी हजार छ सय पैतिस सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिइएको हो ।

उक्त मानिसहरु मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं. ९ हर्कपुर बस्ने वर्ष ३६ को दावा लामा बम्जन, ऐ.ऐ.४ ठुलोथली बस्ने वर्ष ४० को दिपलाल थोकर, ऐ.ऐ.सेतोभिर बस्ने वर्ष ४९ को सुन्दर घिसिङ्, ऐ.ऐ.बस्ने वर्ष ५५ को राम बहादुर थिङ्, ऐ.ऐ.५ पाङ्रेखोला मगरटोल बस्ने वर्ष ३२ को शुसिल लामा, ऐ.ऐ.बस्ने वर्ष ३८ को कमल थिङ्, ऐ.ऐ.११ गमलटार बस्ने वर्ष ४५ को बिजय वाईबा, ऐ.ऐ.बस्ने वर्ष २६ को आकाश न्यासुर हुन ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई आबश्यक अनुसन्धान तथा कारवाही भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment