Comments Add Comment

श्रीमतीको हत्या गरेको आरोपमा दाङबाट एक जना पक्राउ

३१ साउन , काठमाडौ । दाङको लमहीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

लमही नगरपालिका–९ स्यालेका श्यामकुमार कुमाललाई ४२ वर्षीया श्रीमती ईश्वरी कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान दुवै जना मादक पदार्थ सेवन गरी हात्तीखालबाट घर फर्कँदै गर्दा बाटोमा विवाद भई श्याम कुमारले श्रीमतीलाई लट्ठीले संवेदनशील अंगमा प्रहार गरी कपाल समाएर बाटोमा घिसारी हत्या गरेको जिल्ला प्रहरीकार्यालय दाङले जनाएको छ ।

हत्यापछि श्रीमतीलाई बाटोमै छोडी हिँडिरहेका कुमाललाई प्रहरीले लमही–९ जलकुण्डीबाट पक्राउ गरेको छ ।

कुमाललाई बुधबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ

हत्याका आरोपी पक्राउ