Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिका-५ की जानुका र नारायण थापा सुनसहित विमानस्थलबाट पक्राउ

३१ साउन , काठमाडौ । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।

करिब ५० ग्रामको दुई वटा सिक्रीसहित पार्किङ क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ की ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ का २२ वर्षीय नारायण थापा छन्।

एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

धरानबाट लागुऔषध सहित एक जना पक्राउ

भरूवा बन्दुक सहित पक्राउ