Comments Add Comment

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

१६ असोज , काठमाडौ । हेटौँडाबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं. को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा उक्त माइक्रोमा सवार भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवाका सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफमाथि शङ्का लागि निजको शरीर तथा झोला खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ ।

प्रहरीले सर्राफको साथबाट बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment