अस्ट्रेलियाले दोस्रो तथा अन्तिम टेस्टमा आइतबार बंगलादेश एक इनिङ्स र ५१ रनले पराजित गरेको छ । यससँगै दुई टेस्टको सिरिज १–१ को बराबरीमा टुंगेको छ । पहिलो टेस्ट जितेर सनसनी मच्चाएको बंगलादेशले दोस्रोमा त्यस्तै खेल दोहराउन सकेन् ।
बंगलादेश आफ्नो दोस्रो इनिङ्समा ९५ रनमा अलआउट भएपछि अस्ट्रेलिया ठूलो अन्तरले विजयी रहेको हो । पाहुना टिमका लागि कप्तान नजमुल हुसेनले ३१ र मुसफकिर रहिमले २९ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये माइकल स्टार्कले ३९ रनमा चार विकेट लिए ।
यस्तै प्याट कमिन्स र नथान लियोनले तीन तीन विकेट लिए । अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा २ सय १० रन बनाएको थियो । बंगलादेश भने आफ्नो पहिलो इनिङ्समा ६४ रनमै अलआउट भएको थियो ।








