Comments Add Comment

Advertisment

SKIP THIS

दुई किलो सुन प्रकरणमा १ जना चिनियाँ नागरिक पक्राउ

२४ मंसिर ,काठमाडौ । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले बताए ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिउइ छन् । बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्स बाट सुन बरामद गरेको हो । रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना बिहीबार राति नै पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment