Comments Add Comment

Advertisment

SKIP THIS

बंगलादेशी टापुमा अमेरिकी सेना राख्न नदिएपछि मलाई सत्ताच्यूत गरियो : शेख हसिना

२७ साउन , काठमाडौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् ।

भारतीय संञ्चारमाध्ययमहरुसँग कुरा गर्दै हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको दाबी गरेकी हुन्। अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई सेना राख्न दिएको भए आफूलाई यस्तो तनाव नहुने उनको भनाई छ ।

उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन्।

हसिनाले बंगलादेशको अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिएकी छन्। २४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।

दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment