Comments Add Comment

Advertisment

SKIP THIS

बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकबाट एक जनालाई पक्राउ

११ फागुन, काठमाण्डौं । आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकबाट एक जनालाई पक्राउ गरेको छ । बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

दाउरा चिर्ने बिषयमा विबादका कारण जीवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment