Comments Add Comment

Advertisment

SKIP THIS

नागरिकलाई सुरक्षाको प्रत्याभुती हुनेगरी दत्तचित्त भएर सेवामा समर्पित रहन एसएसपी अधिकारीको निर्देशन

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी‌ विश्व अधिकारीबाट प्रहरी वृत्त, सिंहदरबारको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्नः

निर्देशनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख एसएसपी‌ विश्व अधिकारीले प्रहरी वृत्त सिंहदरबारको कार्यक्षेत्र अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भएकोले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।

समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउनको लागि सबै प्रहरी कर्मचारीहरूले निरन्तर मेहनत, इमान्दारिता र व्यवसायीक निष्ठापूर्वक समर्पण भावका साथ कानुन बमोजिम प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

प्रहरी राज्यको Visible निकायका रूपमा समाजमा सेवा गर्ने संगठन भएको र नागरिकहरूले प्रहरीलाई न्याय, शान्ति र सुरक्षाको प्रतीकको रूपमा हेर्ने गरेकाले प्रहरीले पूर्ण व्यवसायिकता र कर्तव्यनिष्ठताका साथ नागरिकलाई सुरक्षाको प्रत्याभुती हुनेगरी दत्तचित्त भएर सेवामा समर्पित भई प्रहरी सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै