भ्रष्टाचार काण्डमा परेका ठूला पदमा रहेकालाई जेल चलान गरौँ : सांसद शाही -
Comments Add Comment

भ्रष्टाचार काण्डमा परेका ठूला पदमा रहेकालाई जेल चलान गरौँ : सांसद शाही

७ माघ , काठमाडौ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई जेल चलान गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वका विभिन्न मुलुकमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरूलाई पनि भ्रष्टाचारको काण्डमा सर्वस्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा देख्न चाहेको बताए ।

उनले भने, ‘आज भ्रष्टाचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएका छन् । अख्तियार दूरुपयोग निवारण आयोगलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बनायौं । तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो । त्यसैले होला–ठूलाठूलो भ्रष्टाचार काण्डका आवाज सडक तातिन्छ । सदनमा सुनिन्छ ।

तर भ्रष्टाचारीलाई कहीँ कतै कारबाही भएको देख्न, सुन्न पाइँदैन । हरेक दिन पत्रपत्रिका, सामाजिक सञ्जाल, अनलाइन मिडियाहरूमा हाम्रा र तपाईँहरुको मोबाइलमा भ्रष्टाचारका कुरा लेखिन्छन । र, छापिन्छन् पनि । तर सम्बन्धित निकायले देखेर पनि नदेखेजस्तै कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसेको छ, सभामुख महोदय । त्यसैले होला साना माछा मात्रै जालमा पर्ने, ठूल्ठूला माछा फुत्किने ।

यो कहिलेसम्म सभामुख महोदय रु हामीजस्ता तमाम नवजवान युवाहरू सिङ्गो मुलुकको भविष्य भ्रष्टाचारले गर्दा आज बर्बाद भएको छ । हामीलाई सुन्न र देख्न मन छ–अन्य देशका पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री वा निकायवालाका उच्च ओहोदाका व्यक्तिहरूलाई भ्रष्टाचार काण्डमा सर्वस्वहरण गरी जेल गएको र कारबाही भएको जसरी नेपालमा पनि होस् म यही कामना गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds