![](https://www.news24galaxy.com/wp-content/uploads/2024/01/Screenshot_20231107_151126_Chrome.jpg)
कास्की । पोखरा महानगरपालिका–२९ भण्डारढिक बस्ने ३२ बर्सिया गीता पुनको घरमा जुवा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरुङ समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।