Comments Add Comment

Advertisment

SKIP THIS

३४ जना (एसपी)को सरुवा काभ्रेमा चक्रराज जोशी र झापामा विश्वमणी पोख्रेल

२५ पुष , काठमाडौ । प्रहरी प्रधान कार्यालयले आइतबार ३४ जना प्रहरी उपरीक्षक ९एसपी० को सरुवा गरेको छ । सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइतबार एसपीहरूको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी प्रमुखमा एसपी चक्रराज जोशीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।

कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै