Comments Add Comment

Advertisment

SKIP THIS

सुनाकोठीबाट हराएको ऐतिहासिक बालकुमारी मूर्ति प्रहरीले फेला

२८ माघ , काठमाडौं । सुनाकोठीबाट हराएको ऐतिहासिक बालकुमारी मूर्ति फेला परेको छ । खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।​ ​

क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको छ । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको ललितपुरका एसएसपी पोखरेलले बताए ।

बालकुमारी मूर्ति माघ ९ गते आइतबार हराएको थियो । मुर्ति फेलापरेपछि ललितपुर जिल्ला अधिकारी घनश्याम पोखरेल र प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल मुर्ति फेला परेको जानकारी आएको छ ।

चाँदीको गरगहना र केही मालाहरु अझै पनि फेला पर्न सकेको छैन । मुर्ति चोरिएपछि मुर्ति खोज्न ललितपुर प्रहरी परिसरका डिएसपी दिपक भारतीको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै