Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

१४ असार , काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई तारेकेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ स्थायी घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका-१ बस्‍ने ३२ वर्षीय रामचन्द्र थापा मगर रहेका छन् ।

उच्च अदालत पाटनले २०७६ साल माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र १ लाख ९६ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।

साथै २०७८ साल कात्तिक २८ गते १० लाख जरिवाना , ३ दिन कैद र ४ लाख ७० हजार जरिवाना, ३ दिन कैद र १८ हजार ८ सय क्षतिपूर्ति शुल्क भराउने फैसलामा जम्‍मा रु ६३ लाख ६५ हजार ५ सय जरिवाना र ६ दिन कैद र २ लाख ५४ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति ठहर भएकोमा उनले जरिवाना, कैद र क्षतिपूर्तिसमेत नतिरी फरार भएका थिए ।प्रहरीले काठमाडौंको तारकेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

फरार अभियुक्त पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

फरार अभियुक्त पक्राउ