Comments Add Comment

Advertisment

SKIP THIS

३० वर्ष कैद फैसला भएका फरार अभियुक्त पक्राउ

६ पुष , काठमाडौं । मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक उर्फ आरने माइला छन् । महिलालाई भारतमा बेचविखन गरेको आरोपमा उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

२०७४ असारमा मुद्दा फैसला भएसँगै उनी फरार थिए । अदालतले पीडित महिलालाई १ लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो । ६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ पछि जिल्ला अदालत कपिलवस्तुको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

फरार अभियुक्त पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

फरार अभियुक्त पक्राउ