
२६ कात्तिक,काठमाडौ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमल्सिनाको निधन भएको छ।

तिमल्सिनाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा निधन भएको हो। अस्पताल स्रोतका अनुसार निमोनियाबाट ग्रसित तिमल्सिनाको शुक्रबार बिहान ५ बजे उपचारको क्रममा निधन भएको हो।

४३ वर्षीय तिमल्सिनालाई केही दिनअघि मात्रै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। तिमल्सिना इलाका प्रहरी कार्यालय कन्चपुर, सप्तरीमा कार्यरत थिए।



