Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु प्रहरी वृत्तका डिएसपी निर्मल बुढाथोकी लगायत तार्केश्वर नगरपालिकाका मेयर बृक्षारोपण गर्दै

१९ भाद्र , काठमाडौ । सामुदाय प्रहरी साझेदारी र तार्केश्वर नगरपालिकाले आज बृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाल प्रहरी बालाजु वृत्तका टोली सहित तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहाराको सयुक्तमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले ज्याकारान्डा, रुद्राक्ष, अम्बा, पैँयु लगायत विभिन्न जातका विरुवाहरू आज रोपिएको बताए ।

राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्रको सहकार्यमा वृक्षरोपण कार्यक्रम शुभारम्भ गरी विभिन्न जातका विरुवाहरूको वृक्षरोपण गरिएको हो । बगैँचा संरक्षण तथा संवर्द्धनमा नेपाल प्रहरीको सदैव सहकार्य हुने बताउनुभयो ।

समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्‍वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । तार्केश्वर नगरपालिकाका प्रतिनिधिहरूले समेत वृक्षरोपण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै