Comments Add Comment

Advertisment

SKIP THIS

परीक्षण र संक्रमण दर दुवै घट्दै : कोरोना भाइरस

२८ भाद्र काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ । भदौ १९ गतेदेखि २७ गतेसम्म ९ दिनको विवरणमा थोरै घटबढ देखिए पनि समग्रमा घट्दै गएको छ ।

पीसीआर परीक्षण पनि घट्दो क्रममा रहेको छ । संक्रमण उच्च रहँदा अधिकतम दैनिक २० हजारसम्म पीसीआर परीक्षण हुने गरकोमा हाल यसको आधा पनि हुँदैन ।

गत १९ गतेको पीसीआर परीक्षणमा १५ दशमलव १७ प्रतिशत संक्रमण दर देखिएकोमा त्यसको नवौँ दिन २७ गते १० दशमलव ७० प्रतिशत रहेको छ । आइतबार सात हजार ८३८ जनाको पीसीआर परीक्षण भएकोमा ८३८ जनामा संक्रमण देखियो ।

२० गते १८ दशमवल ८७ प्रतिशत देखिएको संक्रमण दर २१ गते ह्वात्तै १२ दशमलव ८१ प्रतिशत झर्‍यो । भोलिपल्ट २२ गते १२ दशमलव ८० प्रतिशत रहेको संक्रमण दर २३ गते थोरै बढेर १३ दशमलव ८० प्रतिशत पुग्यो ।

यसै गरी २४ गते ११ दशमलव ९० प्रतिशत, २५ गते ११ दशमवल २४ प्रतिशत र २६ गते थोरै बढेर १२ दशमवल ६६ प्रतिशत संक्रमण दर देखियो ।

नौ दिनमा कुल ७५ हजार ८२५ जनाको पीसीआर परीक्षण भएको छ । यो संख्या सरदर दैनिक ८ हजार ४२५ हो । यसैगरी नौ दिनमा कुल ९ हजार ८९२ जना संक्रमित भए । यो संख्या दैनिक एक हजार ९९ हो । नौ दिनको दैनिक सरदर पीसीआर परीक्षणमा दैनिक सरदर संक्रमण दर १३ दशमलव ०४ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेटअनुसार कोरोना संक्रमणका कारण नौ दिनमा १४० जनाको ज्यान गएको छ । यो संख्या दैनिक सरदर १५ दशमलव ५५ जना हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । सघन उपचार कक्षमा संख्या ४५४ जना र भेन्टिलेटरमा १४० जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै