Comments Add Comment

बेलायतमा छानियो भाउ

५ आश्विन , काठमाडौं । नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’को छनोटमा परेको छ।

यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरी खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो।

लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार सुवासप्रसाद गजुरेलले यस फिल्ममा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन्। फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभिनय छ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको फिल्मको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मीसमेत रहेका मोहन अभिलाषीले गरेका हुन्। फिल्मको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन्।

कवाडीवालाको कथा रहेको फिल्ममा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै