Comments Add Comment

Advertisment

SKIP THIS

सिआइबीले चितुवाको छालासहित ललितपुरबाट पाँच जनालाई पक्राउ

काठमाडौं: चितुवाको छालासहित पाँच जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चितुवाको छालासहित ललितपुर महानगरपालिका-१५ बोधिग्राम टोलबाट पाँच जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा सिआइबीको टोली खटिएको थियो।

भोजपुर आमचोक गाउँपालिका-४ बस्ने ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, रामेछाप नगरपालिका-४ बस्ने ३४ वर्षीय दलबहादुर आले मगर, धादिङ गल्छी गाउँपालिका-८ बस्ने २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक पक्राउ परेका छन्।

उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थप अनुसन्धानको लागि प्रहरीले वन डिभिजन कार्यालय हात्तिवनमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै