हुनेलाई त चाडवाड राम्रो नहुनेलाई दशा
यै दशा त घुम्टो ओडी घुम्छ नशा नशा,
हुनेले त मनाउँछन खान्छन रमाई रमाई
नहुनेले बस्छन सँधै पुन्पुरोमा समाई ,
परदेशी यो जीवन मेरो आउँन पाइन घर
वर्ष दिनको चाडवाड पनि सँधै पर पर,
न त राम्रो लाउन पाइयो न त खान मीठो
गरीबको यो जिन्दगानी सधैभरी पीठो ,
न त राम्रो सॅस्कार पाइयो बाल्यकालमा पनि
आफुसँगका साथीसखे कति भए धनी ,
यो वर्षको चाडवाडमा बस्नु राम्रो मनाई
बाँचिएमा अर्को साल आउँला पैसा कमाई
बाँचिएमा अर्को साल आउँला पैसा कमाई !!!!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
४
आजको सुनचाँदी मूल्य
1 day
६
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
सम्बन्धित खवर
Advertisment






