२६ माघ , काठमाडौ । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने घोषणा गरेसंगै राजनीति माहोल तार्केश्वरमा पनि तातेको छ । निर्वाचन हुने पक्का भएपछि आकांक्षीको समेत चर्चा हुन थालेको छ ।

स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि तारकेश्वर नगरपालिकामा पनि मेयर, उप–मेयरका लागि बिभिन्न दलका नेताहरुको दौडधुप सुरु गर्न थालेका छन् ।

नेपाली कांग्रेसबाट आगामी स्थानीय निर्वाचनमा तार्केश्वरको मेयरमा वडा नं. ३ का वडा अध्यक्ष भइसकेका मनोहरि तिवारीले उम्मेदवारी दिने चर्चा सुरु भएको छ । नेपाली काँग्रेस तारकेश्वरका युवा नेता हरि तिमिल्सिनाका अनुसार तिवारी सफल वडाअध्यक्ष भइसकेका कारण अब मेयरको लाइनमा उभिनु नगरबासीको लागि गौरवको कुरा हो ।

तिवारी तारकेश्वर ३ निवासी हुन् । स्थानीय सरकारको पहिलो कार्यकालको अनुभव सम्हालेका तिवारी नगर प्रमुखका लागि उपयुक्त भएको स्थानीय काँग्रेसका कार्यकर्ताहरु भन्दछन् ।
त्यस्तै काँग्रेस नगर सभापति समेत भएका युवा नेता कृष्णहरि मर्हजनको पनि नगर प्रमुखमा चर्चा रहेको छ । कांग्रेस तार्केश्वरमा लोकप्रिय युवा नेता महर्जन स्थानीय माझ पनि उत्तिकै लोकप्रिय छन् । केही महिना अघिमात्र सम्पन्न भएको कांग्रेसको वडा, नगर, क्षेत्रीय तथा प्रदेश अधिवेशन हेर्दा काठमाडौ क्षेत्र नं ६ मा कृष्ण प्रसाद सिटौला अर्थात भिमसेनदास प्रधानको टिम बलियो छ । राजनीति रुपमा मात्र नभई शैक्षीक, आर्थिक र व्यवसायिक रुपमा पनि मर्हजन अब्वल मानिन्छन् ।
महर्जनलाई नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको पुर्ण सम्मर्थन रहने चर्चा कांग्रेसजनविच चल्ने गरेको छ । उनलाई कांग्रेस नेता भिमसेनदास प्रधान, क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्की, प्रदेश ६ ९ख० का सभापति बिष्णुभक्त तिमिल्सिना र तार्केश्वरका सबै वडा सभापतिहरुको साथ रहेको छ ।



