१ भदौ , काठमाडौं । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले प्रदेश प्रहरी कार्यलय मातहत कार्यलय प्रमुखहरूसंग बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षण गरेका छन् ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्रदेश प्रहरी प्रमुख बिच गत बुधबार भर्चुअल माध्यमद्वारा बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मातहत प्रहरी कार्यलय प्रमुखहरुसंग प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा नेपाल प्रहरीको बार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रदेश प्रहरी प्रमुखले सम्झौतामा उल्लेख भए अनुसारका प्रहरी प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।

शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, विपद् व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभावकारीटा, तस्करी नियन्त्रण आदि जस्ता बार्षिक कार्यसम्पादनको लक्ष्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।






