श्रावन २ ,काठमाडौ । केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरिरहेका छन् । सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।
सहरी विकास मन्त्रालयमा सिंह खुशी छैनन् । खासमा उनी गृहमन्त्री हुन चाहेका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना ‘यसम्यान’ रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिए ।

मन्त्री सिंह आफैंले यसबारे जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका छन्,‘सिंहदरबारस्थित मन्त्रालयलमा तिनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक संग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्था बारे जानकारि लिएको छु ।’ प्रधानमन्त्री र गृहमन्त्री बाहेक अरुले यसरी सुरक्षाको बारेमा ब्रिफिङ लिने चलन छैन ।
तर, उपप्रधानमन्त्री सिंहको शैली देखेर आइजिपीहरु समेत चकित भएका छन् । ब्रिफिङका लागि पुगेका सुरक्षा प्रमुखहरुले उनलाई बधाई दिएका थिए ।
बधाई दिने क्रममा सिंह कुर्सीबाट समेत नउठी सामान्य मर्यादा समेत पालना नगरेको देखिन्छ ।






