हेटौंडा ,प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडामा कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक विभागिय निर्देशन दिनुभएको छ । 
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रहरी कर्मचारीहरुलाई शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत ११४३ को शुभकामना ब्यक्त गर्नुका साथै आसन्न संघीय तथा प्रदेशसभा निर्वाचनमा प्रहरीले पालना गर्नु पर्ने आचारसहिंता, सामजिक संजालको प्रयोग लगायत अन्य विभागीय काम कारबाहीका सन्दर्भमा आवश्यक निर्देशन दिनुभएको हो । 
प्रहरी कार्य सामुहिक कार्य भएकाले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी त्रुटिरहित ढंगले उच्च मनोवलका साथ पुरा गर्नसमेत प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्देशन दिनुभएको छ ।


