Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना संक्रमण थप बढ्न थालेपछि कास्कीमा निषेधाज्ञा

१९ साउन , काठमाडौ । कोरोना संक्रमण थप बढ्न थालेपछि कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।

प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment